Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रियसभा निर्वाचन : सहकार्यका लागि सत्ता गठबन्धनसँग संवाद गर्ने राप्रपाको निर्णय

    राष्ट्रियसभा निर्वाचन : सहकार्यका लागि सत्ता गठबन्धनसँग संवाद गर्ने राप्रपाको निर्णय

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 567
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सत्ता गठबन्धनसँग राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्नेबारे छलफल गर्ने भएको छ ।

    शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राष्ट्रियसभा निर्वाचनमा मिलेर जानेबारेमा सत्ता गठबन्धनसँग छलफल गर्ने निर्णय गरेको हो ।



    छलफलका लागि कार्यबाहक अध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन हाल विदेश रहेकाले तामाङलाई आवश्यक कार्यादेश दिइएको हो ।



    राप्रपाले सत्ता गठबन्धनबाट भाग पाउने अवस्था रहेमा एक सिट माग्ने तयारी गरेको छ । यदि सत्ता गठबन्धनबाट भाग नपाउने अवस्था आएमा भने आफ्नै ढंगले निर्वाचनमा उम्मेदवारी दिने राप्रपाले निर्णय गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार