Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादीले टुंग्यायो राष्ट्रियसभा उम्मेदवारको नाम

    माओवादीले टुंग्यायो राष्ट्रियसभा उम्मेदवारको नाम

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 876
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।



    बैठकले कोशीबाट चम्मादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दको नाम टुंगो लगाएको छ ।



    १९ रिक्त स्थानका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि माओवादीको भागमा ६ सिट परेको छ।

    राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ। राष्ट्रिय निर्वाचन यही माघ ११ गतेका लागि तोकिएको छ।

    राष्ट्रियसभा निर्वाचनको भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार