Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लागूऔषधसहित वीरगन्जबाट २ जना पक्राउ

    लागूऔषधसहित वीरगन्जबाट २ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 429
    SHARES

    संकेतिक तस्विर

    पर्सा । पर्सा प्रहरीले लागूऔषधसहित वीरगन्जबाट २ जनलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगर पालिका-७ का ३८ वर्षीय विनोदप्रसाद गुप्ता र ३८ वर्षीय फिरोज चौधरी छन् ।



    प्रहरी चौकी बसपार्क तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त जाँच टोलीले वीरगन्ज-८ सडकखण्डमा कुराकानी गरिरहेको अवस्थामा उनीहरुलाई सोमबार नियन्त्रणमा लिएको हो ।



    दुवैको शरीर खानतलासी गर्दा गुप्ताको पाइन्टको खल्तीबाट २ वटा सेतो रङको प्लास्टिकमा बेरिएको लागूऔषध खैरो हिरोइनजस्तो देखिने सेतो पदार्थ १ सय २ ग्राम फेला परिएको थियो ।

    दुवैलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार