Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • घट्टेडाँडाबाट २६ किलो गाँजासहित आठ जना पक्राउ

    घट्टेडाँडाबाट २६ किलो गाँजासहित आठ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 585
    SHARES

    काठमाडौं । अवैध लागूऔषध गाँजासहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

    प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले शंखरापुर नगरपालिका–३ घट्टेडाँडाबाट अवैध लागूऔषध करिब २६ किलो गाँजासहित सोही ठाउँ बस्ने चन्द्रबहादुर लामासहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो।



    लामाको टहरो तलासी गर्दा उक्त गाँजा फेला परेको थियो । त्यस्तै, विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३२ मिलिग्रामसहित उर्लाबारी नगरपालिका–३ बस्ने २७ वर्षीय अर्जुन दाहाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।



    लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    बर्दिया, बढैयाताल गाउँपालिका–२ फुटाहाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ दुई ग्राम ५१० मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका–३ बस्ने २२ वर्षीय महेश परियारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जनुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार