Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भृकुटीमण्डपमा राप्रपाको चियापान आज, ८ हजार जनालाई निम्तो

    भृकुटीमण्डपमा राप्रपाको चियापान आज, ८ हजार जनालाई निम्तो

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 378
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान गर्दैछ ।

    पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाले शुभकामना आदानप्रदान तथा चियापान गर्न लागेको हो ।



    चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायत ८ हजारलाई निमन्त्रणा गरिएको बताइएको छ ।



    चियापान समारोह अघि सिंहदरबारस्थित शालिकमा माल्यार्पण कार्यक्रम गर्ने कार्यक्रम छ ।

    भृकुटीमण्डपमा भेला भई अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भद्रकाली हॅुदै सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म ऱ्याली र शालिकमा माल्यार्पण गरिने छ ।

    राप्रपाले गरेको कविता प्रतियोगिताको पुरस्कार पनि आजै वितरण गर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार