Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राप्रापाका थापाले फिर्ता लिए राष्ट्रियसभाको उम्मेदवारी

    राप्रापाका थापाले फिर्ता लिए राष्ट्रियसभाको उम्मेदवारी

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 579
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निरञ्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् ।

    अन्य पदमा उम्मेदवारी दिएका थापाले शुक्रवार उम्मेदवारी फिर्ता लिएका हुन् ।



    अब लुम्बिनीमा महिलातर्फ ३ र अन्यतर्फ ३ जना गरी ६ जना उम्मेदवार रहेका छन् । लुम्बिनीमा दुई पदको लागि निर्वाचन हुँदैछ ।



    महिला कोटामा नेकपा एमालेबाट तुलसाकुमारी केसी, गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विजयालक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।

    त्यस्तै अन्यबाट एमालेका झपेन्द्रबहादुर घर्ती, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र जनमत पार्टीका बालगोविन्द चौधरीले उम्मेदवारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार