Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जनताको चाहनाअनुसार समृद्धिलाई गति दिन सकिएको छैन् : गृहमन्त्री श्रेष्ठ

    जनताको चाहनाअनुसार समृद्धिलाई गति दिन सकिएको छैन् : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 378
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा राजनीतिक परिवर्तनपछि देश र जनताको आवश्यकता पूर्ति, विकास र आर्थिक समृद्धिको काम सन्तुलित ढङ्गले हुन नसकेको बताएका छन् ।

    नेपाल हस्तकला महासङ्घको वार्षिक साधारण सभामा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले अहिले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली विदेश जानबाट रोकिउन भन्ने अहिलेको सरकारको मुख्य कार्यभार रहेको र त्यसका लागि सरकारले काम गरिरहेको बताए ।



    अहिले नेपालको मुख्य कार्यभार आर्थिक समृद्धि रहेको बताउँदै त्यसका लागि नयाँ राजनीतिक व्यवस्था परिवर्तन गरिएको बताए ।

    परिवर्तनपछि जनताहरूले जुन अपेक्षा राखे त्यो मात्रामा विकास र समृद्धिको यात्रा कति अघि बढ्न सक्यो वा सकेन भन्ने सर्वाधिक महत्वको विषय रहेको बताउँदै परिवर्तनको निर्देश, जनताको आवश्यकताअनुसार विकास, समृद्धिलाई गति दिन नसकेको उल्लेख गरे ।

    जनताले राजनीतिक प्रणाली परिवर्तन गरेपछि घुस नखुवाईकन, शक्तिशालीलाई चाकडी, भनसुन नगरीकन आफ्नो काम होस् भन्ने चाहेको, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, विद्युत्, खानेपानी जस्ता विकासका काम अघि बढोस् भन्ने जनताको चाहना रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार