Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • फागुन पहिलो साता विधान सम्मेलन गर्ने माओवादी केन्द्रको निर्णय

    फागुन पहिलो साता विधान सम्मेलन गर्ने माओवादी केन्द्रको निर्णय

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 423
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन पहिलो हप्ता विधान सम्मेलन गर्ने भएको छ ।

    शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।



    स्थायी कमिटी बैठकले प्रतिनिधि छनोटको मापदण्ड पनि बनाएको छ । यसअघि स्थायी कमिटी सदस्य पम्फा भुसालको नेतृत्वको ७ सदस्यीय टोलीले विधानको मस्यौदा बुझाएको थियो ।



    सो मस्यौदा तल्लो तहका कमिटीहरूमा छलफलका लागि २१ दिन समय दिने निर्णय भएको छ । यस्तै पार्टीको सात वटै प्रदेशबाट पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका छन् ।

    पार्टी एकता समायोजनका लागि समिति गठन गर्ने भने पनि त्यसको निर्णय भने भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार