Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • डम्पिङसाइटमा फालिएको फोहरमा नवजात शिशुको शव फेला

    डम्पिङसाइटमा फालिएको फोहरमा नवजात शिशुको शव फेला

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 705
    SHARES

    फाइल तस्बिर

    उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ राजावासमा रहेको फोहर विसर्जनस्थल (डम्पिङसाइट) मा फालिएको फोहरमा नवजात शिशुको शव फेला परेको छ ।

    फोहर सङ्कलन गरी फोहर छुट्याउने क्रममा कामदारले फोहरसँगै फालिएको फोहर कपडाभित्र शिशुको शव देखेको वडासदस्य पष्पु खाँले बताए । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुङ्गेलले बताए ।



    वडासदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्र्याक्टरले सङ्कलन गरी लगेर फालेको फोहरमा शव भेटिएको हो ।



    शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको छ । “आजै उठाइएको फोहरमा शव रहेछ”, वडासदस्य खाँले भने, “नगरपालिकाको ट्र्याक्टरमा शवलाई अस्पताल ल्याइएको छ ।”

    इलाका प्रहरी कार्यालय कटारीले शव भेटिएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ । महिना पुगिसकेको जस्तो देखिने कपाललगायतका अङ्ग बनिसकेको मृत नवजात शिशुको शव भेटिएको प्रहरीले जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार