Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री कप : आशुतोषको शतकमा बागमतीले कोशीलाई दियो २७४ रनको लक्ष्य

    प्रधानमन्त्री कप : आशुतोषको शतकमा बागमतीले कोशीलाई दियो २७४ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 360
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई २७४ रनको बलियो लक्ष्य दिएको छ।

    ओपनर आशुतोष घिरैयाको सानदार शतकमा बागमतीले कोशी प्रदेशलाई २७४ रनको लक्ष्य दिएको हो ।



    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वागमती ४८.३ ओभरमा २७३ रनमा अल आउट भयो ।



    बागमतीका ओपनर आशुतोष घिरैयाले १ सय ११ बलमा १६ चौका र २ छक्कासहित १ सय १८ रनको सानदार शतकीय इनिङ खेले ।

    उनको यो करिअरको पहिलो शतक हो । बायाँ हाते तीव्र गतिका बलर कमल खत्रीको ३० औं ओभरको दोस्रो बलमा एज लागेर टियु एन्डतर्फ थर्डम्यानमा चौका हान्दै उनले ९९ बलमा आफ्नो करिअरको पहिलो शतक पूरा गरेका थिए ।

    कोशीका अभ्यास तिमिशिनाले ९ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । कमल खत्रीले ९.३ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए ।

    हेमन्त राईले १० ओभरमा ५४ रन खर्चेर २ विकेट लिए । फिर्दोस अन्सारीले १ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार