Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्वाचन केन्द्रीय समन्वय समितिले सातै प्रदेशमा प्रतिनिधि पठाउने

    निर्वाचन केन्द्रीय समन्वय समितिले सातै प्रदेशमा प्रतिनिधि पठाउने

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 384
    SHARES

    काठमाडौं । राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिले सातै प्रदेशमा जाने निर्णय गरेको छ ।

    निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न गठित समितिको शनिबार बसेको बैठकले राष्ट्रिय सभा चुनावको प्रचार प्रसारका लागि प्रदेशस्तरमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको हो ।



    समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा पार्टीका उम्मेदवारहरुसँग छलफल गरेपछि समन्वय समितिको टोलीले प्रदेशस्तरमा जाने निर्णय गरेको बताइएको छ ।



    आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यका १९ पदमा निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार