Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • यू–१९ विश्वकप क्रिकेट : आज पाकिस्तानसँग भिड्दै नेपाल

    यू–१९ विश्वकप क्रिकेट : आज पाकिस्तानसँग भिड्दै नेपाल

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 591
    SHARES

    काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा नेपालले दोस्रो खेलमा आज पाकिस्तानसँग खेल्दैछ ।

    नेपाल र पाकिस्तानबीचको खेल दिउँसो १ः४५ देखि दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा सुरु हुनेछ ।



    नेपाल जारी विश्वकपमा पहिलो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रनको हार बेहोरेको थियो ।



    पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानविरुद्ध १८१ रनको फराकिलो जित निकालेको थियो । ऊ नेपालविरुद्ध पनि सोही लय कायम गर्दै शीर्ष तीनभित्र आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ ।

    नेपाल भने गत डिसेम्बरमा यू–१९ एसिया कपको पनि बदला लिँदै पाकिस्तानलाई स्तब्ध पार्ने दाउमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार