Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यू–१९ विश्वकप क्रिकेट : अफ्रिकालाई हराउँदै भारत फाइनलमा

    यू–१९ विश्वकप क्रिकेट : अफ्रिकालाई हराउँदै भारत फाइनलमा

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 681
    SHARES

    काठमाडौँ । दक्षिण अफ्रिकामा जारी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।

    मंगलबार भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई दुई विकेटले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको २४४ रनको लक्ष्य भारतीय टोलीले आठ विकेट गुमाएर पूरा गर्‍यो ।



    भारतका लागि सचिन धसले सर्वाधिक ९६ रन र कप्तान उदय सहारनले ८१ रन बनाए । दुवैले पाँचौँ विकेटका लागि कीर्तिमान १७१ रनको साझेदारी गरे। यो साझेदारी यस्तो समयमा भयो, जब भारतले ३२ रनमा चार विकेट गुमाएको थियो।



    यसअघि दक्षिण अफ्रिकाले जुआन ड्रे प्रिटोरियसको ७६ र रिचर्ड स्लेट्सवेनको ६४ रनको सहयोगमा निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २४४ रन बनाएको थियो । भारतका लागि राज लाम्बानीले ३ तथा मुशिर खानले २ विकेट लिए ।

    २४५ रनको लक्ष्य पछ्याउन उत्रिएको भारतीय टोलीको सुरुवात निकै खराब रह्यो । तर कप्तान उदय सहारन र सचिन धसको ब्याटिङका ​​कारण भारतले जित निकाल्यो ।

    दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र पाकिस्तानबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । जसको विजेताले फाइनलमा भारतसँग आइतबार खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार