Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतलाई हराउँदै अष्ट्रेलियाले चौथो पटक जित्यो यू-१९ विश्वकपको उपाधि

    भारतलाई हराउँदै अष्ट्रेलियाले चौथो पटक जित्यो यू-१९ विश्वकपको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 747
    SHARES

    काठमाडौं । साविक विजेता भारतलाई हराउँदै अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आइसिसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

    भारतमा फाइनलमा ७९ रनले पराजित अष्ट्रेलियाले चौथो पटक यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको हो । अष्ट्रेलियाले यसअघि १९८८, २००२ र २०१० मा भएको यू–१९ विश्वकप जितेको थियो ।



    आइतबार अस्ट्रेलियाले दिएको २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अलआउट भयो । भारतका लागि ओपनर आदर्श सिंहले ४७, अर्शिन कुलकर्नी ३, मुशीर खानले २२ र मुरुगन अभिषेकले ४२ रन बनाए ।



    अन्य चार ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अष्ट्रेलियाका महली ब्रेडम्यान र रफ म्याकमिलनले ३-३ विकेट लिए । कोलुम भिडलरले २ विकेट लिए।

    त्यसअघि दक्षिण अफ्रिकाको बेनोनीमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा २५३ रन जोडेको थियो । अष्ट्रेलियाका लागि हर्जस सिंहले ५५, ह्यारी डिक्सनले ४२, कप्तान ह्युज वेइबगेनले ४८ र ओलिभर पिकले नटआउट ४६ रनको योगदान गरे ।

    बलिङमा भारतका राज लिम्बानीले ३ विकेट लिए भने नमन तिवारीले २ विकेट लिन सफल भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार