Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईसीसी यू–१९ विश्वकप

    भारतसँग १३२ रनले हारेसँगै नेपालको विश्वकप यात्रा टुंगियो

    भारतसँग १३२ रनले हारेसँगै नेपालको विश्वकप यात्रा टुंगियो

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 663
    SHARES

    काठमाडौं । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । शुक्रबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा भएको खेलमा नेपाल भारतसँग १३२ रनले पराजित भएको हो ।

    योसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको छ । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए । त्यस्तै ओपनर दीपक बोहोराले २२ र अर्जुन कुमालले २६ रन बनाए।



    त्यस्तै विशाल विक्रम केसी र गुल्शन झा एक(एक रन बनाउँदा दीपक डुम्रे र दीपेश कँडेल शून्यमै पेभेलियन फर्किएका थिए। त्यस्तै सुवास भण्डारी ५ रन बनाउँदा दुर्गेश गुप्ता २९ र आकाश चन्द १८ रनमा अविजित रहे। भारतका लागि साउमी पाण्डेले ४ विकेट लिए।



    यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाएर २९७ रन बनाएको थियो। भारतका लागि कप्तान उदय सहरन र सचिन धासले शतकीय इनिङ खेलेका थिए ।

    फितलो फिल्डिङ गरेको नेपालका लागि गुल्शन झाले ३ विकेट लिए भने आकाश चन्दले एक विकेट लिए । यसअघि सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो ।

    समूह चरणको खेलमा भने नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो चने अफगानिस्तानविरुद्ध एक विकेटले विजयी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार