Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रियसभा निर्वाचन : आजै साँझसम्म मतपरिणाम आउने

    राष्ट्रियसभा निर्वाचन : आजै साँझसम्म मतपरिणाम आउने

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 363
    SHARES

    फाइल तस्विर

    ठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आज मतदान हुँदै छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम छ ।

    मतदान सकिएलगत्तै आजै मतगणना हुनेछ । साँझसम्म अन्तिम मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।



    निर्वाचनमा आठ राजनीतिक दलका ५१ उमेदवार चुनावी मैदानमा छन् । आयोगका अनुसार कोसी प्रदेशमा पाँच, मधेसमा पाँच, वाग्मतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा ६ जना उम्मेदवार छन् ।



    सातवटै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्याक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उमेदवार रहेको निर्वाचन आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार