Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा सकियो मतदान

    राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा सकियो मतदान

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 429
    SHARES

    काठमाडौं । राष्ट्रियसभामा रिक्त रहेको १९ सदस्यका लागि ७ प्रदेशमा भएको मतदान सम्पन्न भएको छ। बिहीवार ७ वटै प्रदेशमा भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो ।

    ७ प्रदेशमध्ये बागगमतीबाट सबैभन्दा बढी ४, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा ३–३ गरी ९, कोशी, मधेश र कर्णाली प्रत्येकमा २–२ सहित ६ गरी १९ सिटमा लागि मतदान भएको हो ।



    केहीमा बाहेक लगभग सबै प्रदेशमा शतप्रतिशत मत खसेको छ । प्रदेससभा सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुने निर्वाचनमा गठबन्धनले १९ वटै सिट जित्ने देखिएको छ ।



    निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले साझा उम्मेदवार उठाएका थिए ।

    प्रतिपक्षी नेकपा एमालेले पनि केही ठाउँमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको थियो। १९ सिट मध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र लोसपाले १ सिटमा उम्मेदवार उठाएका छन् ।

    आगामी फागुन २० गतेबाट राष्ट्रियसभाका एकतिहाइ सदस्यको समय सकिने भएपछि मतदान भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार