Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • काठमाडौं महानगरले भन्यो – नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्नू

    काठमाडौं महानगरले भन्यो – नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्नू

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 864
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न निर्देशन दिएको छ ।

    महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले सूचना निकालेर अहिले शैक्षिक सत्रको समय नभएकाले विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न सबै विद्यालयलाई निर्देशन गरेका हुन् ।



    महानगर क्षेत्रभित्रका केही विद्यालयले अनलाइन तथा अन्य विभिन्न माध्यमबाट शैक्षिक सत्र २०८१ का लागि भर्नाको सूचना प्रकाशन गरेको भन्ने उजुरी आएको महानगरले जनाएको छ ।



    विद्यालयले विद्यार्थी भर्नासम्बन्धी कुनै सूचना प्रकाशित गरेको पाइएमा महानगर शिक्षा ऐन, २०७५ तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने महानगरको चेतावनी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार