Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नेपाल प्रहरीलाई इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ‘आरएफआईडी’ मेसिन हस्तान्तरण

    नेपाल प्रहरीलाई इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ‘आरएफआईडी’ मेसिन हस्तान्तरण

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 852
    SHARES

    काठमाडौं । इम्बोस्ड नम्बर प्लेट रिड गर्नेरेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन मेसिन (आरएफआईडी) नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

    मंगलबार आयोजित एक कार्यक्रमकाबी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने ५ थान  आरएफआईडी मेसिन हस्तान्तरण गरेका हुन् ।



    मन्त्री ज्वालाले सो मेसिन नेपाल प्रहरी मुख्यालय अन्तरगत कार्यविभाजनका डीआईजी भरत बोहोरालाई हस्तान्तरण गरे । हाललाई ५ थान हस्तान्तरण गरिएको यो मेसिन छिटै १०० थान हस्तान्तरण हुने यातायात व्यवस्था विभागले जनाएको छ।



    सवारी साधनमा इम्बोर्डस प्लेट जडान गरेसँगै सवारी साधनको सुरक्षा तथा अन्य हिसाबले समेत यो प्रणाली महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार