Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एकै वडाका २० युवा जेलमा, परिवारको बिचल्ली

    एकै वडाका २० युवा जेलमा, परिवारको बिचल्ली

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 1.1K
    SHARES

    फाइल फोटो

    जाजरकोट । जाजरकोट जिल्लाको नलगाड नगरपालिका–९ का २० युवा विभिन्न मुद्दामा जेलमा बन्दी जीवन बिताइरहेका छन् ।

    नलगाड–९, घरङ्गा, बाँसकोट र ताँत्रा गाउँका २० युवा अफिम खेती वा ओसारपसार गर्नेसम्बन्धी कसुरमा जेल परेका हुन् । आर्थिक प्रलोभनमा अपरिचित व्यक्तिको अफिम ओसारपसार गर्दा उनीहरू जेल परेका हुन् ।



    ती युवालाई तीन वर्षदेखि १० वर्षसम्मको कैद सजाय तोकिएको पाइएको छ । तिनमा १२ जना भारतीय कारागार र पाँच जना जाजरकोट कारागारमा छन् । सुर्खेत, बाँके र काठमाडौँ कारागारमा एक/एक जना छन् ।



    परिवारका मूल व्यक्ति घरमा कमाउने मान्छे नै जेल गएपछि परिवारको बिचल्ली भएको छ । कमाउने अभिभावक जेल परेपछि गाउँमा साना बालबालिका, महिला, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी व्यक्ति मात्रै छन् । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार