Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नाइजेरियाको जेलमा भीषण आक्रमण: ११ जनाको मृत्यु, २५२ बन्दी भागे

    नाइजेरियाको जेलमा भीषण आक्रमण: ११ जनाको मृत्यु, २५२ बन्दी भागे

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी । नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् ।

    सो आक्राणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ । अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए ।



    उक्त हमलामा परेर यहाँका ११ जनाको ज्यान गएको र अरु २५२ जना भाग्न सफल भएको बताइएको छ । नाइजेरियाको कारागार अधिकारीहरुकाअनुसार सो हमला कसले ग¥यो भन्ने बारेमाा केही खुल्न सकेको छैन ।



    कैदीलाई भगाउने उद्देश्यले सो हमला गरेको हुनसक्ने अनुमान गरिएको छ । पहिले पनि त्यहाँका जेलहरुमा यसरी नै पटक पटक हमला हुने गर्दथ्यो ।

    त्यहाँका कारागार सम्बन्धी निकायका अधिकारीहरुले आक्रमणकारीहरुको खोजी जारी रहेको बताएका छन् । उनीहरुले जेलबाट भागेकाहरुको पनि खोजी कार्य प्रहरीले सुरु गरेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार