Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • नेपालका ओपनर अर्जुनमाथि आईसीसीले चलायो कारबाहीको डण्डा

    नेपालका ओपनर अर्जुनमाथि आईसीसीले चलायो कारबाहीको डण्डा

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 699
    SHARES

    काठमाडौं । आईसीसीले नेपाली यू–१९ का ओपनिङ ब्याट्सम्यान अर्जुन कुमाललाई कारबाही गरेको छ।

    दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा बंगलादेश विरुद्धको खेलको दौरान भएको गल्तीका कारण कुमाललाई कारबाही गरेको हो । आईसीसीले अर्जुनलाई तीन डेमेरिट प्वाइन्ट दिएको छ।



    नेपालले ५ विकेटले गुमाएको बंगलादेश विरुद्धको त्यो खेलको छैटौं ओभरमा कुमाल दौडेर रन पूरा गर्ने क्रममा बंगलादेशका बलर मारुफ मृधालाई विकेटको बीचमा कुहिनोले हानेपछि उनलाई कारबाही गरिएको आईसीसीले जनाएको छ।



    आईसीसीको आचार संहिता २.१२ उल्लंघन गरेका कारण कुमाल कारबाहीमा परेका हुन्। सो डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा रहनेछ।

    कुनै खेलाडीले २४ महिना भित्र ४ डेमेरिट प्वाइन्ट पाएमा २ खेलको प्रतिबन्धको सामना गर्नुपर्ने हुन्छ। यसअघि पाकिस्तान विरुद्धको खेलका दौरान भएको गल्तीका कारण स्पिनर सुवास भण्डारी पनि कारबाहीमा परेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार