Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालविरुद्ध भारतले १३ ओभरमा एक विकेट गुमाएर बनायो ५५ रन

    नेपालविरुद्ध भारतले १३ ओभरमा एक विकेट गुमाएर बनायो ५५ रन

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 528
    SHARES

    काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको नेपालविरुद्धको खेलमा भारतले १३ ओभरमा एक विकेट गुमाएर ५५ रन बनाएको छ ।

    भारतको पहिलो विकेट नेपाली बलर गुल्सन झाले लिएका हुन् । गुल्सनले भारतीय टोलीका ओपनर ब्याट्सम्यान आदर्श सिंहलाई २१ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर उत्तम रंगु थापामगरद्वारा क्याच गराएका थिए ।



    भारतले ४.५ ओभरमा पहिलो विकेट गुमाउँदा कुल २६ रन बनाएको थियो ।



    नेपालविरुद्धको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतका लागि आर्सिन कुलकर्णी १७ र प्रियांशु मोलिया १६ रन बनाउँदै क्रिजमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार