Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालविरुद्ध भारतले २२ ओभरमा बनायो १११ रन

    नेपालविरुद्ध भारतले २२ ओभरमा बनायो १११ रन

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 597
    SHARES

    काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको खेलमा नेपालविरुद्ध भारतले २२ ओभरमा तीन विकेट गुमाएर १११ रन बनाएको छ ।

    दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा भारतको पहिलो विकेट नेपाली बलर गुल्सन झाले लिएका हुन् ।



    गुल्सनले भारतीय टोलीका ओपनर ब्याट्सम्यान आदर्श सिंहलाई २१ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर उत्तम रंगु थापामगरद्वारा क्याच गराएका थिए ।



    भारतले ४.५ ओभरमा पहिलो विकेट गुमाउँदा कुल २६ रन बनाएको थियो । भारतले दोस्रो विकेटका रुपमा प्रियांशु मोलियालाई गुमाएको थियो ।

    पेभेलियन फर्किनुअघि उनले १९ रन बनाएका थिए । उनी रन आउट भई मैदानबाट बाहिरिएका थिए । १३.५ ओभरमा उनी आउट हुँदा भारतले ६१ रन बनाएको थियो ।

    भारतको तेस्रो विकेट भने आकाश चन्दले लिएका थिए । आकाशले भारतका ओपनर ब्याट्सम्यान आर्सिन कुलकर्णीलाई १८ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर उत्तर रंगु थापामगरद्वारा क्याच गराएका थिए ।

    १४औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा भारतले ६२ रन बनाएको थियो । भारतका कप्तान उदय शरण १५ रन र सचिन दास ३४ रन बनाउँदै क्रिजमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार