Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईसीसी यू-१९ विश्वकप

    नेपाललाई भारतले दियो २९८ रनको विशाल लक्ष्य

    नेपाललाई भारतले दियो २९८ रनको विशाल लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 489
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको खेलमा नेपालसामु भारतले २९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

    टस जितेपछि ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २९७ रन जोडेको हो । ६२ रन हुँदा भारतले तीन विकेट गुमाएको थियो ।



    तर भारतका लागि कप्तान उदय शहरान र सचिन दासले शतक प्रहार गरे । सचिनले ११६ रन र कप्तान शहरानले १०० रनको योगदान दिए ।



    चौथो विकेटका लागि उदय शरन र सचिनले २०२ बलमा २१५ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य पाएको हो ।

    ६२ रनमा ३ विकेट गुमाएको भारतका लागि दास र कप्तान उदयले दोहोरो शतकीय साझेदारी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार