Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भ्रष्टाचारविरुद्धको अभियानमा राजनीतिक सौदाबाजी गर्दैनौं : गृहमन्त्री श्रेष्ठ

    भ्रष्टाचारविरुद्धको अभियानमा राजनीतिक सौदाबाजी गर्दैनौं : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 447
    SHARES

    पोखरा। गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, जालसाजी र ठगीविरुद्धको कारबाहीमा कुनै दबाबमा नपर्ने बताएका छन् ।

    प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि शनिबार पोखरा पुगेका गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।



    गृहमन्त्री श्रेष्ठले निर्दोष व्यक्तिहरु कारबाहीमा नपरुन् भनेर सचेत हुने तर भ्रष्टाचार, जालसाजी ठगी र संगठित अपराधमा संलग्न कसैलाई पनि दबाबका आधारमा नछाड्ने बताए ।



    गृहमन्त्री श्रेष्ठले भने,‘देशलाई यथास्थितिमा रहन दिन्नौं भन्ने कुरा सबैले बुझ्दा हुन्छ । सधैं हजुर तपाईहरु लुटिराख्नुस्, हामी सहयोग गरिराख्छौं भन्ने पक्षमा सरकार छैन । देश बर्बाद हुदै जाओस्, भ्रष्टाचार पनि बढ्दै जाओस् त्यसको निम्ति हामी पनि सेवा गर्न पाऔं भनेर रातो कार्पेट बिच्छ्याउने पक्षमा छैनौं ।एक जना पनि निर्दोषलाई अनावश्यक रुपमा दुःख दिने वा उनीहरुलाई डाम्ने काम गर्ने छैनौं । कोही दोषीलाई कुनै प्रकारको दबाबका आधारमा छाड्ने काम सरकारले गर्दैन ।’

    ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको तथ्यांकमा नेपाल अझै भ्रष्टाचार हुने देशकै सूचीमा रहेको भन्दै उनले यसो हुनुमा पहुँच भएका, सम्पन्नशाली वर्ग, कुनै न कुनै बेला सत्ता सञ्चालन गरेका नेता र कर्मचारी नै दोषी भएको बताए ।

    देशमा एकातिर सुशासन माग गर्ने र अर्कोतिर सुशासन स्थापनाका निम्ति कारबाही गर्दा विरोध हुने गरेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले असन्तुष्टि जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार