Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ब्राउनसुगर र गाँजासहित चार जना पक्राउ

    ब्राउनसुगर र गाँजासहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 369
    SHARES

    फाइल तस्विर

    काठमाडौं । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

    विशेष सूचनाको आधारमा प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका-१५ बगरकोट घर भई हाल शुक्रपथ स्थित होटल सञ्चालन गर्दै आएकी कविता भुजेल र तेह्रथुमको म्याङलुङ नगरपालिका -७ जिरिखिम्ति घर भई हाल सोही होटलमा बस्ने ३७ बर्षीय मौसम खड्कालाई ८ ग्राम ९४ मिलिग्राम लागूऔषध खैरो हिरोइन र नगद १६ हजारसहित नियन्त्रणमा लिएको हो।



    यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको कटहरी गाउँपालिका-१ स्थित रंगेली–विराटनगर सडक खण्डबाट ९ किलो २०० ग्राम लागुऔषध गाँजासहित धनकुटाको सागुरीगढी गाउँपालिका-६ का ४१ वर्षीय अमर राईलाई नियन्त्रणमा लिएको थियो।



    यसका साथै लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट आइतबार साँझ संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मोरङ पथरी शनिश्चरे नगरपालिका-९ महेन्द्र चौकका २१ वर्षीय प्रणव चौहानको साथबाट १ ग्राम २ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर फेलापारी चौहानलाई नियन्त्रणमा लिएको हो।

    पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार