Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण सबैले तिर्नुपर्छ : अर्थमन्त्री महत

    बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण सबैले तिर्नुपर्छ : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 384
    SHARES

    काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने बताएका छन्।

    इकोनोमिक मिडिया एशोसिएशन नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्।



    उनले बजेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताए । उनले विगतमा अनुत्पादक क्षेत्रमा खर्च भएका कारण सिस्टममा ल्याउन समय लाग्ने बताए ।



    अर्थमन्त्री महतले श्रोत नै सुनिश्चित नभईकन घोषणा भएका योजना र शिलान्यास भएका परियोजनाका कारण समस्या आएकाले आफूले त्यही समस्या समाधानको पहल गरिरहेको बताए।

    अर्थमन्त्री महतले समग्रमा अहिले देशको अर्थतन्त्र लयमा फर्किरहेको दाबी गरे । उनले बाह्य क्षेत्र पनि नेपालमा लगानी गर्न सकारात्मक रहेको दाबी गरे । अर्थमन्त्री महतले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको बताए ।

    उनले अहिले बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिनेहरूका लागि केही सहज भएको र यो राहतलाई हेरेर ऋणीहरूले ऋण तिर्नुपर्ने बताए । माफी गर्न सक्ने आर्थिक श्रोत देशको नरहेकाले ऋण माफी नहुने बताए ।

    केही मानिसहरू राजनैतिक निहित उद्देश्य लिएर तिर्नुपर्दैन भन्दै आन्दोलन गरिरहेको भन्दै यस्तो प्रवृत्तिको पछि लाग्नु आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर भएको टिप्पणी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार