Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कर्मचारीहरुलाई अर्थमन्त्री महतको चेतावनी – क्षमतामाथि प्रश्न उठे जुनसुकै बेला सरुवा हुन्छ

    कर्मचारीहरुलाई अर्थमन्त्री महतको चेतावनी – क्षमतामाथि प्रश्न उठे जुनसुकै बेला सरुवा हुन्छ

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 555
    SHARES

    भैरहवा । अर्थमन्त्री डा.प्रकाशशरण महतले कर्मचारीलाई क्षमतामाथि प्रश्न उठे जुनसुकै बेला सरुवा हुने चेतावनी दिएका छन् ।

    बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्री महतले यस्तो चेतावनी दिएका हुन् ।



    अर्थमन्त्री महतले भने,‘कार्यरत कर्मचारी एक वर्ष नभई सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन, क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला पनि सरुवा हुनसक्छ । यद्यपि कर्मचारीलाई मैले अविश्वास गर्न खोजेको होइन ।’



    अर्थमन्त्री महतले कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिए । काम गर्न नसके ठाउँ छाड्नु पर्ने समेत उनको चेतावनी छ ।

    उनले भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने, छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सर्तकताका साथ निरन्तर खबरदारी गर्न समेत निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार