Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादी केन्द्रले बोलायो स्थायी समितिको बैठक

    माओवादी केन्द्रले बोलायो स्थायी समितिको बैठक

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 348
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति र स्थायी समिति बैठक बोलाएको छ ।

    मस्यौदा विधान २०८० माथि छलफल गर्न माओवादी केन्द्रले बैठक बोलाएको हो ।



    उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुनेछ ।



    शुक्रबार र शनिबार दिउँसो ३ बजे स्थायी समिति बैठक बस्नेछ । आइतबार र सोमबार केन्द्रीय समितिमा विधान मस्यौदाबारे छलफल हुनेछन् ।

    अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए ।

    मस्यौदा कार्यदलले बुझाएको मस्यौदामाथि २१ दिन तल्लो समितिमा छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार