Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विदेशी लगानी भित्र्याउन छाती फराकिलो पार्नुपर्छ : अर्थमन्त्री महत

    विदेशी लगानी भित्र्याउन छाती फराकिलो पार्नुपर्छ : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 315
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले विदेशी लगानी भित्र्याउन छाती फराकिलो पार्नुपर्ने बताएका छन्।

    बिहीबार लगानी सम्मेलन निर्देशक समितिको तेश्रो बैठकमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री महतले सरकारले बैशाखमा गर्न लागेको लगानी सम्मेलनबाट नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश दिन चाहेको बताए ।



    अर्थ मन्त्रालय विदेशी लगानीकर्ताको सम्पर्कमा जाँदा उदासीन देखिने गरेको सम्झिँदै उनले अहिले त्यो अवस्था फेरिएको बताए ।

    अर्थमन्त्री महतले भने, ‘लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्‍याउने लगानी सम्मेलनको प्रमुख ध्येय हो ।’

    विदेशी लगानी भित्र्याउनका लागि सबै निकायले छाती फराकिलो पार्दै कर, ऐन, नियम तथा कानुन र विभिन्न व्यवस्था छलफल र संशोधन गर्नुपर्ने उनको भनाई छ ।

    विदेशी लगानी ल्याउन संयुक्त अरब इमिरेट्स (यूएई) ले विदेशी लगानी ल्याउनका लागि सुरुवातमा कर छुटको प्रावधान लिएको समेत अर्थमन्त्रीले स्मरण गरे ।

    अर्थमन्त्री महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट चासो प्राप्त भइरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार