Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • विवादास्पद एसपीलाई झापा पठाउने तयारी

    विवादास्पद एसपीलाई झापा पठाउने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 36K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले एसएसपी र एसपीको सरुवाको अन्तिम तयारी गरेको छ । केही कार्यालयको सरुवामा कुरा नमिल्दा अन्तिम निर्णय हुन सकेको छैन । शुक्रबारसम्म सरुवा हुने सम्भावना रहेको एक उच्च प्रहरी अधिकारी बताउँछन् ।

    एसएसपी सरुवामा पाँच तालिम केन्द्र र मानव बेचबिखन अनुसन्धान ब्यूरोको नेतृत्व फेरिँदै छ । जसमा एक दर्जन एसएसपीबीच प्रतिस्पर्धा छ । खास टकराब एसपी सरुवामा छ ।



    तराईका जिल्लामा जानका लागि एसपीहरूबीच अस्वस्थ प्रतिस्पर्धा चलिरहँदा सरुवाको निर्णय लम्बिएको छ । झापामा एसपी मिलन केसीले दाबी गरिरहेका छन् ।



    एमाले अध्यक्ष केपी ओलीदेखि माओवादी नेताहरूलाई फकाएर उनी झापा जान लागेको स्रोत बताउँछ। उनी विवादास्पद प्रहरी अधिकृत हुन् ।

    यसअघि स्वयम्भू वृत्तमा कार्यरत रहँदा जेलमा गएर शंकास्पद रूपमा गुन्डा नाइके समिरमानसिंह बस्नेतलाई भेटेकोमा उनी कारबाहीमा परेका थिए । कार्यक्षमतामा पनि कमजोर रहेका केसीलाई झापा जस्तो संवेदनशील जिल्लामा पठाउन लागिएको छ ।

    त्यस्तै, मोरङमा श्याम खत्री र श्याम राईबीच प्रतिस्पर्धा छ । पर्सामा कुमोध ढुंगेलको सम्भावना बलियो भए पनि अन्य केही एसपी पनि लागेका छन् । रुपन्देहीमा बसुन्धारा खड्कालाई पठाउने तयारी छ भने काभ्रेमा सन्तोष खड्काको सम्भावना रहेको स्रोत बताउँछ ।

    त्यस्तै, सिराहा, महोत्तरी, बर्दिया, कैलाली, कञ्चनपुर, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, धनकुटा, धादिङ, तनहुँ, गोरखा, स्याङ्जा, गुल्मी, पाल्पा लगायत जिल्लाका एसपी पनि हेरफेर हुँदै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार