Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आफैँले चलाएको विद्युतीय आरोले काट्दा एक जनाको मृत्यु

    आफैँले चलाएको विद्युतीय आरोले काट्दा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 603
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आफैंले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ ।

    अमरावती सामुदायिक वन काँटछाँट गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरीरमा रेटिँदा घाइते भएका श्रेष्ठको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।



    रूख काट्दा चलाएको आरो उछिट्टिएर श्रेष्ठलाई लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।



    जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार आराले पेट र छातीको बायाँ भागमा काटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार