Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकैदिन १२ सय रूपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    एकैदिन १२ सय रूपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 513
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो ।



    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ छ ।



    हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार १५० रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार तोलामा ३० रुपैयाँले घटेर चाँदीको कारोबार भइरहेको छ । यससँगै, आज चाँदीको प्रतितोला मूल्य १३ सय ६५ रुपैयाँ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार