Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • सुनको भाउ बढ्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

    सुनको भाउ बढ्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 543
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ बढेको हो ।



    आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।



    बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार