Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • उच्च शिक्षाका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने आर्थिक बहाव’ रोक्नुपर्छ : प्रधानमन्त्री

    उच्च शिक्षाका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने आर्थिक बहाव’ रोक्नुपर्छ : प्रधानमन्त्री

    विश्वव्यापी रूपमा अवसर खोज्नेहरुका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 435
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् ।

    भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए ।



    कार्यक्रममा उनले भने–‘शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ । हामीले विश्वव्यापी रूपमा अवसर खोज्नेहरुका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्छ ।’



    उनले उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण बारेमा पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याए । विश्वव्यापी शक्तिहरुले ल्याएका चुनौतिहरुसँग शैक्षिक क्षेत्रले सङ्घर्ष गरिरहनु परेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उच्च शिक्षा र सीपका लागि ठूलो स्रोत लगाएका कारण उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्वानहरु आकर्षित हुने पछिल्लो समयको प्रवृत्ती देखिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार