Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वनभोज गएका नगर प्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु, वडाध्यक्ष बेहोस

    वनभोज गएका नगर प्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु, वडाध्यक्ष बेहोस

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    मन्थली । रामेछापको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ ।

    रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठले बताए ।



    रामेछाप नगरपालिकाका कर्मचारीले रामेछाप–७, सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिबार वनभोज आयोजना गरेका थिए ।



    खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण शिथिल हुँदै गएपछि उनलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

    पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलाई काठमाडौं पठाउन हेलिकोप्टर झिकाउने प्रयास भइरहँदा मृत्यु भएको हो ।

    सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर–७ का वडाध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए । उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार