Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अमेरिकालाई उधारोमा दुई पाण्डा दिँदै चीन

    अमेरिकालाई उधारोमा दुई पाण्डा दिँदै चीन

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 564
    SHARES

    एजेन्सी । चीनले अमेरिकालाई दुई पाण्डा उधारोमा दिँने भएको छ।

    दुई दशकपछि पहिलोपटक चीनले क्यालिफोर्नियास्थित सान डियगो शहरको एक चिडियाखानाका लागि ती दुई पाण्डा पठाउन लागेको हो ।



    पाण्डाहरू कहिले आइपुग्छन् भन्ने आधिकारिक समय भने निश्चित भैसकेको बताइएको छ ।



    तर निकट भविष्यमै पान्डा पाइने आशामा आफूहरू रहेको सान डिएगो वाइल्डलाइफ एलायन्सले भनेको छ ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले अमेरिकाका लागि नयाँ पाण्डाहरू पठाउने सङ्केत गरेको केही महिनापछि यो खबर बाहिर आएको हो ।

    चीन र अमेरिकाबिच मित्रताको दूतको रूपमा पाण्डाहरू पठाइने राष्ट्रपति सीको भनाई थियो ।

    पाण्डा संरक्षणको मामिलामा अमेरिकासँग सहकार्य जारी राख्न चीन तयार रहेको उनले बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार