Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • शाहनवाज अन्सारी बने नेसनल मेडिकल कलेजको प्रबन्ध निर्देशक

    शाहनवाज अन्सारी बने नेसनल मेडिकल कलेजको प्रबन्ध निर्देशक

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 8.5K
    SHARES

    काठमाडौं । नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी चयन भएका छन्।

    अस्पतालमा १५ प्रतिशत सेयर रहेका शाहनवाजलाई गत फागुन ४ मा बसेको अस्पतालको सञ्चालक समिति बैठकले प्रबन्ध निर्देशकमा चयन गरेको हो।



    उनी सञ्चालक समितिका अध्यक्ष महम्मद जैनुद्दिन अन्सारीका छोरा हुन्।



    यसअघि लामो समयसम्म अस्पतालको सञ्चालक समितिको प्रबन्ध निर्देशकमा बसरुद्दिन अन्सारी थिए। बसरुद्दिन नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य हुन्।

    अस्पतालमा अब बसरुदिनको १० प्रतिशत मात्र सेयर रहेको छ । हाल अस्पतालको सञ्चालक समितिमा तीन जना चयन भएका छन् ।

    नेसनल मेडिकल कलेज प्रा.लि.को वार्षिक साधरणसभा २०८० ले मिति २०८०/११/०४ देखि लागु हुनेगरी कम्पनी ऐन २०६३ र कम्पनी निर्देशिका २०७२(दोस्रो संसोधनसहित) बमोजिम कम्पनीको सञ्चालक समितिमा तीन जना निर्देशहरु गठन गरेको हो ।

    जसमा जैनुद्दिन अन्सारी अध्यक्ष, शाहनबाज अन्सारी प्रवन्ध सञ्चालक र नुशरत जहान अन्सारी सञ्चालक रहेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार