Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • एसिसी प्रिमियर कपमा नेपाल र हङकङ एउटै समूहमा

    एसिसी प्रिमियर कपमा नेपाल र हङकङ एउटै समूहमा

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 420
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र हङकङ एकै समूहमा परेका छन्।

    आगामी अप्रिल १२ देखि २३ सम्म ओमानमा हुने एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको हो।



    एसियाली क्रिकेट परिषदले आज सार्वजनिक गरेको समूह विभाजन र खेल तालिका अनुसार नेपाल, हङकङ, मलेसिया, साउदी अरेबिया र कतार समूह ए मा छन् ।टी-२० फर्म्याटमा हुने कपमा आयोजक ओमान समूह ‘बी’ मा छ।



    समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। एसियाली क्रिकेट काउन्सिलले आज प्रकासित गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियासँग १२ अप्रिलमा खेल्नेछ।

    यस्तै नेपालले दोस्रो खेल कतारसँग १३ अप्रिलमा, तेस्रो खेल हङकङसँग १५ अप्रिल र चौथो खेल साउदी अरेबियासँग १७ अप्रिलमा खेल्नेछ। समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्।

    सेमिफाइनल १९ अप्रिल र फाइनल २१ अप्रिलमा हुनेछ। यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ।

    शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्। प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रुपमा लिइएको छ। जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार