Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • इमर्जिङ टिम्स एसिया कपबाट पनि बाहिरीयो नेपाल

    इमर्जिङ टिम्स एसिया कपबाट पनि बाहिरीयो नेपाल

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 366
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कपको तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पराजित भएको छ।

    शनिबार ओमानमा भएको खेलमा नेपाललाई हङकङले चार विकेटले पराजित गरेको हो । हारसँगै नेपाल एसिसी इमर्जिङ टिम्स कपमा छनोट हुन असफल भएको छ ।



    यसअघि शुक्रबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो। जसका कारण फाइनल जित्दै एसिया कप खेल्ने नेपालको सपना चकनाचुर भएको थियो।



    शनिबार नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ६ विकेटको क्षतिमा ३ बल बाँकी छँदा पूरा गर्यो। हङकङको लागि अंशमान रथले नटआउट ६५ रन जोडे।

    यसअघि ओमानको अल अमिरत ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार