Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एसीसी प्रिमियर कप

    नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

    नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 390
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि जारी खेलमा नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

    ओमानको अल अमिरत ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको हो।



    नेपालका लागि फेरि एक पटक दीपेन्द्रसिंह ऐरीले मात्र २९ बलमा सर्वाधिक ४४ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए ।



    नेपालले आजको खेलमा पनि खराब सुरुवात गरेको थियो । हङकङका आयुश शुक्लाले ३ तथा अतिक इक्बाल, यासिम मुर्तजा र इशान खानले १–१ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार