Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महिलाको गोप्य तस्वीर खिचेको आरोपमा पक्राउ परेका डिएसपी २५ हजार धरौटीमा छुटे

    महिलाको गोप्य तस्वीर खिचेको आरोपमा पक्राउ परेका डिएसपी २५ हजार धरौटीमा छुटे

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 3K
    SHARES

    काठमाडौं । रेष्टुरेन्टमा महिलाको गोप्य तस्वीर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिएसपी २५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेल्बासेको इजलाशले डिएसपी तुलसिंह केसीलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।



    उनी गत ५ फागुनमा स्वयम्भुस्थित रेष्टुरेन्टबाट पक्राउ परेका थिए । एक युवती शौचालयमा गएका बेला बाथरुमको माथिल्लो खुल्ला भागबाट उनले तस्वीर तथा भिडियो खिचेका थिए।



    युवतीलाई शंका लागेपछि रेष्टुरेन्टमै विवाद गरेकी थिइन् । पछि प्रहरीलाई खबर गरेर पक्राउ गरिएको थियो । डिएसपी केसीले माफी मागे पनि युवतीले उजुरी दिएर उनलाई थुनाएका हुन् ।

    पोखरा बाहिनीमा कार्यरत डिएसपी केसी सशस्त्रका अन्य अधिकृतसहित रेष्टुरेन्टमा बसेर मदिरा पिएका थिए । मदिराकै नशामा उनले त्यस्तो हर्कत गरेका हुन् ।

    मुलुकी अपराध संहिताको दफा १२१ अनुसारको कसुरअनुसार उनीविरुद्ध आइतबार मुद्दा दायर भएको छ ।

    जसमा अश्लील सामाग्री प्रचार प्रसार गर्न नहुने प्रावधान छ । एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गरी मुद्दा दायर भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार