Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • संसद भवनमा पुगेका पूर्वसभामुख ढुंगानालाई प्रहरीले फनफनी घुमाएपछि…

    संसद भवनमा पुगेका पूर्वसभामुख ढुंगानालाई प्रहरीले फनफनी घुमाएपछि…

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 750
    SHARES

    काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेका पूर्वसभामुख दमननाथ ढुंगानाले प्रहरीले संसद भवन प्रवेश गर्न नदिएपछि आफू त्रसित भएको बताएका छन् ।

    मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा पूर्वसभामुख ढुंगानालाई अतिथिको रुपमा बोलाएको थियो ।



    कार्यक्रम हुने स्थान सिंहदरबारस्थित कृषि समितिको सभाकक्ष थियो । तर ढुंगाना कार्यक्रम संसद भवनमा हुने सोचसहित नयाँ बानेश्वर पुगे ।



    नयाँ बानेश्वर पुगेपछि प्रहरीले उनलाई भित्र छिर्न नदिएर यो र त्यो गेटमा जानुस् भनेर फनफनी घुमाएको उनले बताए। प्रहरीले आफूलाई घेरेको र निस्किन पाउँछु कि पाउँदिन भन्ने आफूलाई महसुस भएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार