Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 360
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि जारी छ।

    आज बिहान साढे आठ बजेबाट बैठक सुरू भएको हो । आजको बैठकले कार्यविभाजनबारे टुंगो लगाउने छ ।



    त्यस्तै सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखापरेको विवाद र राष्ट्रिय सभा अध्यक्षको विषय पनि निरूपण गरेको छ।



    मंगलबार बोल्ने अधिकांश सदस्यहरूले राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिन नहुने मत राखेका थिए।

    त्यस्तै कांग्रेससँगको सहकार्य–गठबन्धनबारे पनि समीक्षा गर्नुपर्ने धारणा राखेका थिए।

    माओवादी केन्द्रले पार्टीका प्रदेश इन्चार्जहरू परिवर्तन गर्ने भएको छ।

    मंगलबार बसेको स्थायी कमिटी बैठकले संसदीय फाँट र पार्टीको काममा अलग–अलग जिम्मेवारी तोक्नेगरी इन्चार्ज हेरफेर गर्ने छलफल भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार