Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादी केन्द्रले फेर्‍यो प्रदेश इञ्‍चार्ज र सह- इञ्‍चार्ज

    माओवादी केन्द्रले फेर्‍यो प्रदेश इञ्‍चार्ज र सह- इञ्‍चार्ज

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 438
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ। आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा प्रदेश इन्चार्ज र सहइन्चार्ज तोकेको हो।

    बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता अग्नीप्रसाद सापकोटाले प्रदेश इञ्‍चार्ज र सह-इञ्‍चार्जहरू तोकिएको बताए । प्रवक्ता सापकोटाका अनुसार कोशी प्रदेशको इञ्‍चार्जमा हरिवोध गजुरेल र सह -इञ्‍चार्जमा सावित्री कुमारी काफ्ले तोकिएका छन्।



    यसैगरी मधेश प्रदेशको इञ्‍चार्जको जिम्मेवारी लीलामणी पोखरेललाई दिइएको छ भने विश्वनाथ साहलाई सह-इञ्‍चार्ज बनाइएको छ। बागमती प्रदेशको इञ्‍चार्जको जिम्मेवारी अग्नीप्रसाद सापकोटालाई दिइएको छ।



    सह -इञ्चार्ज तोक्न बाँकी छ। गण्डकी प्रदेशमा दिनानाथ शर्मा इन्चार्च र हरिराज अधिकारी सह- इन्चार्च रहेका छन्। लुम्बिनी प्रदेशमा चक्रपाणी खनाललाई इञ्‍चार्ज र कुलप्रसाद केसीलाई सह-इञ्‍चार्जको जिम्मेवारी दिएको छ। कर्णाली प्रदेशमा काली प्रसाद मल्ल इञ्‍चार्ज बनाइएको छ।

    सह-इञ्चार्ज तोक्न भने बाँकी छ। यसैगरी सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराज मणि पोखरेल इञ्‍चार्ज र बिना मगरलाई सह-इञ्‍चार्जको जिम्मेवारी दिइएको छ।

    प्रवास प्रदेश समितिको मध्यपुर इञ्‍चार्जको जिम्मेवारी पम्फा भुसाललाई दिइएको छ। प्रवास प्रदेश समिति भारतको इञ्‍चार्जमा लक्ष्मण पन्त र सह-इञ्‍चार्जमा टीभी पाठकलाई जिम्मेवारी दिइएको छ।

    प्रवास प्रदेश समिति युरोप-अमेरिकालगायतको इञ्‍चार्जको जिम्मेवारी सुरेन्द्र कुमार कार्कीलाई दिइएको छ। विशेष प्रदेश समितिको इञ्‍चार्जको जिम्मेवारी हितमान शाक्य र सह इञ्‍चार्जको जिम्मेवारी यशोधा सुवेदीलाई दिएको प्रवक्ता सापकोटाले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार