Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुन मिश्रित धातुको पत्थरसहित विमानस्थलबाट एक जना पक्राउ

    सुन मिश्रित धातुको पत्थरसहित विमानस्थलबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 564
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धातुको पत्थर जडित सुनका गरगहनासहित एक जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा काभ्रे घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ मा बस्दै आएका ५२ वर्षीय नारायणकृष्ण श्रेष्ठ छन्।



    श्रेष्ठ नेपाल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए ।



    करिब ४६ ग्राम २० मिलिग्राम तौलको औँठी दुईथान र ४५ ग्राम ३६ मिलिग्राम तौलको सिक्री एकथानसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पाइन्टको गोजीमा लुकाइछिपाइ भन्सार छली लैजान लागेको उक्त धातुसहित विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार