Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नामिवियाविरूद्व नेपालको खराब सुरुवात

    नामिवियाविरूद्व नेपालको खराब सुरुवात

    ४ विकेट गुमाएको नेपाल दबाबमा

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 315
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिवियाविरुद्ध पहिलो चौंथो विकेट गुमाएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले दोस्रो ओभरमै विकेट गुमायो।



    अनिल साह र आसिफ शेखले ओपनिङ गरेको खेलमा आसिफ दोस्रो ओभरको पहिलो बलमा एक रनमा बोल्ड भए।



    यस्तै चौथो ओभरमा कप्तान रोहित पौडेल ९ बलमा २ चौकाको मद्दतमा १० रन जोडेर आउट भए।

    सातौं ओभरको अन्तिम बलमा अनिल साह २३ रनमा आउट भए। उनले १७ बलमा ३ छक्का प्रहार गरे।

    अर्को ओभरमा गुल्सन झा २६ रन बनाएर खेलिरहदा बर्नाल्ड स्कोल्ट्जको एलबिडब्लूको धरापमा परे।

    त्यतिबेला नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा ६४ रन जोडेको थियो।

    सिरिजका सुरुवाती दुई खेलमा नामिबिया र नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार