Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • टस जितेर गुजरातविरुद्ध ब्याटिङ गर्दै नेपाल

    टस जितेर गुजरातविरुद्ध ब्याटिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 678
    SHARES

    काठमाडौं । नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा गुजरातसँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ।

    नेपालले पछिल्लो खेलमा बरोडाबाट चार परिवर्तन गरेको छ ।



    नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन् ।



    आज तीव्र गतिका बलर आकाश चन्द, प्रतिश जि.सी, ललित राजवंशी र अनिल शाह आज बेन्चमा छन् ।

    सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो ।

    अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो ।

    उता गुजरातले बरोडालाई ५ विकेट र ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार