Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बरोडाविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल, कप्तानी दीपेन्द्रले गर्ने

    बरोडाविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल, कप्तानी दीपेन्द्रले गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 456
    SHARES

    काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

    बरोडाविरुद्धको खेलमा नेपालले टस हारेर पहिला फिल्डिङको निम्तो पाएको हो । नेपाल टीममा आज चार परिवर्तन गरेको छ ।



    नेपालको नियमित कप्तान रोहित पौडेल आज विश्राममा छन् । बरोडाविरुद्धको खेलमा कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् ।



    पछिल्लो गुजरातसँगको खेलबाट नेपालले टोलीमा चार परिवर्तन गरेको छ । तीव्र गतिका बलर अभिनाश बोहरा, रोहित पौडेल, आसिफ शेख र सोमपाल कामी आज बेच्नमा छन्।

    नेपाल फाइनलमा पुगिसकेको हुँदा उनीहरूलाई विश्राम दिइएको हो । नेपालको टोलीमा ललित राजवंशी र आकाश चन्दले खेल्ने मौका पाएका छन् । पछिल्लो खेलमा विश्राम पाएका करण केसी र दीपेन्द्र टोलीमा फर्किएका हुन् ।

    विकेटकिपरको भूमिका अनिल शाहले गर्नेछन्। नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरिसकेको छ ।

    नेपालले फाइनल आइतबार गुजरातसँग खेल्नेछ । पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो ।

    १५७ रनको लक्ष्य बरोडाले पछ्याउनेक्रममा २० ओभरमा १२९ रनमा अलआउट भएको थियो । नेपालले गुजरातलाई ८ विकेट र ८ रनले हराएको थियो । उता बरोडा गुजरातसँग ५ विकेट र ५७ रनले पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार